२०८३ कार्तिक १०, सोमबार

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा गन्तव्य कुरियरको शाखा सञ्चालनमा आउने भएकाे छ। शाखा सञ्चालनमा आएपछि सुर्खेतबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरियर र कागजात पठाउन सहज हुने भएको छ।

गन्तव्य कुरियर सुर्खेत शाखामार्फत अन्तर्राष्ट्रिय कुरियर तथा कागजात सेवा, सुरक्षित डेलिभरी र भरपर्दो ढुवानी सेवा उपलब्ध हुने शाखा प्रमुख रमेश लामिछानेले जानकारी दिए।

उनका अनुसार यसले सुर्खेतका सेवाग्राहीलाई कुरियर तथा कागजात पठाउन थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

वीरेन्द्रनगर नगरपालिका–१०, बसपार्कमा खुल्ने शाखाबाट सेवा लिन सकिनेछ।

सेवासम्बन्धी जानकारी तथा सम्पर्कका लागि ९८६-९८७२४३२ नम्बरमा सम्पर्क गर्न सकिनेछ।