
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। उनी गत फागुन २१ मा भएको निर्वाचनमा सुनसरी–४ बाट निर्वाचित भएका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सातै प्रदेशमा निर्वाचन संयोजक खटाएका हुन्। कांग्रेसले वरिष्ठ अधिवक्तालाई निर्वाचन संयोजक बनाएको छ।
जसमा अध्यक्ष केपी शर्मा ओलीले चुनावी पराजयको जिम्मा लिँदै मार्गप्रशस्त गर्नुपर्ने, पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्नेलगायत सुझाव दिइएको छ।
काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादव उद्योगीहरूसँग आक्रोशित बनेकी थिइन्। उनले उद्योगी र कर्मचारीहरूसँग आफू वाक्क भएको बताएकी थिइन्।
देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
बैतडी सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो सामग्री बनाई फेसबुक रिलमा ‘अपलोड’ गरेका थिए।
समझदारीपत्रमा महाबु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय र आन्तरिक राजस्व कार्यालय, सुर्खेतका प्रमुख कर अधिकृत चक्रप्रसाद ढुङ्गानाले हस्ताक्षर गरेका हुन्।
तर प्रश्न यहीँबाट उठ्छ—देशमा विपत्ति परेपछि सरकारी कार्यालयका प्रमुखको भूमिका के हुन्छ? व्यक्तिगत बिदा स्वीकृत भइसकेको अवस्थामा पनि सार्वजनिक जिम्मेवारीको संवेदनशीलता र परिस्थितिको गम्भीरतालाई हेरेर निर्णय लिनुपर्ने हो कि पूर्वस्वीकृत बिदाको आधारमा जिम्मेवारीबाट अलग बस्न मिल्छ?
सर्वोच्च अदालतले सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भनिएको प्रकरणमा कानुनी विवादमा परेका तीन बालकलाई थुनामुक्त गर्न आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश बदर गरेको हो।
रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कालिकोटको शुभकालिका गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
