Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
एशिया कपमा यूएईसँगै प्रतिस्पर्धा गर्दै नेपाल - oasiskhabar

२०८१ श्रावण ४, शुक्रबार

एसीसी महिला एशिया कप क्रिकेटअन्तर्गत आज नेपालले पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै छ।

श्रीलङ्काको दाम्बुल्ला इन्टरन्याशनल रंगशालामा नेपाली समयानुसार दिउँसो २ः१५ बजे नेपाल र यूएईको खेल हुनेछ। इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीले तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो।यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो। दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियोनेपाल रहेको समूह ‘ए’मा यूएईसँगै पाकिस्तान र भारत पनि छन्। समूह ‘बी’मा बाङ्लादेश, श्रीलङ्का, मलेशिया र थाइल्यान्ड छन्।  

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ र पूजा महतो छन्। त्यस्तै, डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी टोलीमा सहभागी छन्।