मोटोपनको बढ्दो लहरबाट बचेका सब–सहारा अफ्रिका र दक्षिण एसिया

२०८२ आश्विन १, बुधबार

काठमाडौँ । पहिलोपटक मोटोपनबाट सिकार युवाहरूको संख्याले दुब्लो, पातलो युवाहरूको संख्यालाई उछिनेको छ। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले भन्दा १९० भन्दा बढी देशहरूबाट तथ्याङ्क सङ्कलन गरेपछि पोषण प्रतिवेदन तयार पारेको छ।

प्रतिवेदनका लागि ठूलो संख्यामा घरपरिवार र परिवारहरूको सर्वेक्षण गरिएको थियो र स्वास्थ्यसँग सम्बन्धित तथ्याङ्क पनि सङ्कलन गरिएको थियो।

युनिसेफको प्रतिवेदनअनुसार ५ वर्षदेखि १९ वर्ष उमेर समूहका युवाहरूमा कम तौल (अन्डर वेट) को मामिला ९.२ प्रतिशत रहेको छ। २५ वर्षअघि यो दर १३ प्रतिशत थियो।

त्यही समयमा सन् २००० मा यही उमेर समूहमा मोटोपनको दर ३ प्रतिशत थियो, जुन अहिले बढेर ९.४ प्रतिशत पुगेको छ। धनी र द्रुत गतिमा विकासशील देशहरूमा बालबालिका र युवाहरूमा मोटोपनको दर सबैभन्दा बढी बढेको छ। दक्षिण अमेरिकी देश चिलीमा यो दर २७ प्रतिशत रहेको छ।

जर्मनीमा २५ प्रतिशत, अमेरिका र युएईमा २१ प्रतिशत बालबालिका र युवाहरू मोटोपनको सिकार भएका छन्। मोटोपनको यो बढ्दो लहरबाट सब–सहारा अफ्रिका र दक्षिण एसिया मात्र बचेका छन्।

मोटोपन पनि कुपोषण हो

‘कुपोषण अब कम तौल भएका बालबालिकाहरूको बारेमा मात्र रहेन’‚ युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल भन्छिन्।

धेरै देशहरूमा, कम तौल कुपोषणको संकेत हो, जब कि मोटोपन अत्यधिक पोषणको संकेत हो भन्ने आमधारणा रहेको छ। वैज्ञानिक दृष्टिकोणबाट मोटोपन पनि कुपोषण नै हो।

‘बढ्दो समस्याका रूपमा रहेको मोटोपनले बालबालिकाको स्वास्थ्य र विकासलाई असर गर्न सक्छ। अत्यधिक प्रशोधित खाना, फलफूल, तरकारी र प्रोटिनलाई छिटो गतिमा प्रतिस्थापन गर्दै छ’‚ रसेल भन्छिन्।

युनिसेफका अनुसार बाल्यकालदेखि किशोरावस्थासम्म फलफूल, तरकारी, अन्न र प्रोटिन धेरै महत्त्वपूर्ण हुन्छन्। यस्तो खुराकले शारीरिक, मस्तिष्क र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ।

मोटोपनविरुद्ध उदाहरण

प्रतिवेदनमा उल्लेख भए अनुसार, सस्तो, अल्ट्रा–प्रशोधित र फास्ट फुडले मोटोपनको दर बढाइरहेको र यस्ता खानेकुरा धेरैभन्दा धेरै बिक्री गर्नका लागि धेरै पैसा खर्चेर विज्ञापन गरेको पाइन्छ।

रिपोर्टका अनुसार मोटोपनले विद्यालयमा उपस्थिति, आत्मविश्वास र सामाजिक अन्तरक्रियालाई पनि असर गर्न सक्छ। बाल्यकाल र किशोरावस्थामा यस्ता अनुभवहरूबाट बनेका बानीहरू पछि परिवर्तन गर्न धेरै गाह्रो हुन्छ।

युनिसेफले आफ्नो प्रतिवेदनमा मेक्सिकोको कदमको प्रशंसा गरेको छ। मेक्सिको सरकारले सार्वजनिक विद्यालयमा दिइने खानामा परिवर्तन गरेको छ।

त्यहाँ बालबालिकाहरूलाई अत्यधिक प्रशोधित, उच्च नुन वा चिनी युक्त खाना खुवाउन प्रतिबन्ध लगाइएको छ। यसबाट ३.४ करोडभन्दा बढी बालबालिका लाभान्वित भएका छन्।