२०८२ आश्विन २६, आईतवार

काठमाडौं । अफगान सेनाले शनिबार राति डुरान्ड रेखानजिकै धेरै पाकिस्तानी सीमा चौकीहरूमा गोलाबारी गरेको छ। पाकिस्तानले तीन दिनअघि अफगानिस्तानमा गरेको हवाई आक्रमणको बदलास्वरूप उक्त कारबाही गरिएको तालिबानले जनाएको छ। अफगानिस्तानमा तालिबान सरकार छ।

अफगान मिडिया आउटलेट टोलो न्युजका अनुसार, शनिबार अफगानिस्तानले पाकिस्तानमा गरेको आक्रमणमा १२ पाकिस्तानी सैनिक मारिएका छन्। तालिबान लडाकुहरूले दुई पाकिस्तानी सेनाको चौकी कब्जा गर्दै डुरान्ड रेखापारि कुनार र हेलमन्ड प्रान्तमा रहेका पाकिस्तानी चौकी पनि ध्वस्त पारेका छन्।