गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षको उमेरमा उनको हृदय घातका कारण निधन भएको हो।
चलचित्रकर्मी राजेश घतानीका अनुसार उनी मृत अवस्थामा फेला परेका थिए। ‘उहाँको परिवारका सदस्यहरुसँग मेरो कुरा भएको थियो,’ उनले भने, ‘उहाँको सुतेकै ठाउँमा मृत्यु भएको रहेछ। परिवारका मान्छेले हृदयघात भएको भन्नु भएको छ।’इन्डियन आइडल सिजन ३ का विजेता समेत रहेका उनले हिन्दीसहित थुप्रै नेपाली चर्चित गीहरु गाएका छन्।
साथै उनले नेपाली फिल्म ‘गोरखा पल्टन’ र ‘परदेशी’ मा समेत अभिनय गरेका छन्।४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङको पारिवारिक पृष्ठभूमि सामान्य खालको थियो।
सानै उमेरमा बाबुको निधन भएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा गरेका थिए र प्रहरी अर्केस्ट्रामा सक्रिय थिए।
उनका एक छोरी र श्रीमति छन्।




