बुटवल। रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रुकुम पूर्वसहित अर्घाखाँची, दाङ र रोल्पाका स्थानीयले महसुस गरेका छन्।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै पनि विवरण हालसम्म प्राप्त भएको छैन।

