काभ्रेपलाञ्चोक। काभ्रेपलान्चोकको नामोबुद्द-४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन्।
स्थानीइ नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका हुन्। श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए।
जिम्मेवारी र मर्यादा बिर्सेर कानुनविपरीत कार्य गरेको भन्दै स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएका थिए। स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले श्रेष्ठलाई जिल्ला ल्याएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयले खबर गरेपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको हो। ‘श्रेष्ठसहित दुईजना नै प्रहरी नियन्त्रणमा छन्, थप अनुसन्धान भइरहेको छ’, एसपी कार्कीले भने।

