२०८३ भाद्र ४, बिहीबार

वीरेन्द्रनगर। हुम्लामा सडक निर्माणका क्रममा माथिबाट खसेको ढुंगा लागेर घाइते भएका कामदारको मृत्यु भएको छ।

अदानचुली गाउँपालिकाको गल्फागाड-श्रीनगर सडक स्तरोन्नती गर्ने क्रममा माथिबाट खसेको ढुंगा लाग्दा अदानचुली गाउँपालिका–२ को बुढावाडाका ४८ वर्षका हिर बुढा घाइते भएका थिए।

बुधबार बिहान १० बजेकाे समयमा अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि गाउँपालिका केन्द्रसम्म निर्माण कार्य भईरहेको थियाे।

उक्त सडकमा काम गर्ने क्रममा अर्को स्थानमा रहेको निर्माण सामाग्री लिन जाने क्रममा माथिबाट खसेकाे ढुङ्गा लाग्ला बुढाको टाउँको चोट लागेकाे थियाे।

घाइते भएका बुढालाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा लगिएकाे थियाे। तर, त्यहाँ स्वास्थ्यकर्मीले बुढालाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले जानकारी दिए।