Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
पाकिस्तान एसिया कपको सुपर फोरमा - oasiskhabar

२०८२ आश्विन २, बिहीबार

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।

जवाफमा युएईले १७ दशमलव ४ ओभरमा केवल १०५ रन मात्र बनाउन सक्यो र अलआउट भयो।

पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए। युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनाए।

जितसँगै पाकिस्तानले सुपर ४ मा नै स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ।

यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ। समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ।

प्रतियोगिता अन्तरगत आज श्रीलंका र अफगानिस्तान आमनेसामने हुनेछन्।