Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता काठमाडौँमा हुने - oasiskhabar

२०८३ कार्तिक ६, बिहीबार

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रतियोगितामा पुरुष क्रिकेट विश्वकप लिग २ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ए र बीका शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ।

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि छानिनेछन्।

यसैबिच क्यानले नेपाल र भारत ‘ए’बिचको शृंखलाको निर्धारित मिति परिवर्तन हुनेबारे पनि जानकारी गराएको छ।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र इन्डिया एबिच हुने भनिएको क्रिकेट शृंखलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड र नेपाल क्रिकेट संघबिचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने जनाइएको छ।