Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
आज कहाँ-कहाँ छ, मौसम बदली र वर्षाको सम्भावना? - oasiskhabar

२०८२ आश्विन ११, शनिबार

काठमाडौँ । आज शनिबार पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार,

आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति : कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।