काठमाडाैँ । जेनजीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन्।
टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन्।
जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन्।





