२०८२ माघ ९, शुक्रबार

कपिलवस्तु । रोजगारी तथा उच्च शिक्षाको अवसर खोज्दै विदेश जाने सपना देख्ने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी जापान र दक्षिण कोरिया जस्ता विकसित मुलुकहरू नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य बन्दै आएका छन्।

यही परिवेशमा कपिलवस्तु जिल्लाको जितपुरमा अवस्थित मिराई इन्टरनेशनल कन्सल्टेन्सी छोटो समयमै विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ।

विदेश अध्ययन तथा रोजगारीका लागि आवश्यक जापानी र कोरियन भाषा शिक्षामा केन्द्रित यस भाषा सेन्टरले जापान तथा कोरियामा लामो समय बसेर फर्किएका अनुभवी र दक्ष प्रशिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

भाषा सिकाइसँगै विद्यार्थीलाई आवश्यक परामर्श, मार्गदर्शन तथा तयारी कक्षाहरू उपलब्ध गराइँदै आएको हुँदा यहाँ अध्ययन गरेका धेरै विद्यार्थीहरू सफलतापूर्वक भाषा परीक्षा उत्तीर्ण गर्न सफल भएका छन्।

यसैबीच, धार्मिक तथा शैक्षिक महत्व बोकेको सरस्वती पूजाको अवसर पारेर मिराई इन्टरनेशनल कन्सल्टेन्सीले निःशुल्क विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत नयाँ विद्यार्थीहरूबाट भर्ना शुल्क नलाग्ने व्यवस्था गरिएको छ, जसले आर्थिक रूपमा कमजोर तथा भाषा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई आकर्षित गरेको छ।

छोटो अवधिमै जिल्लाका ठूलो संख्यामा विद्यार्थीहरूलाई भाषा परीक्षामा सफल गराउन सक्नु यस भाषा सेन्टरको प्रमुख उपलब्धिका रूपमा लिइएको छ।

विद्यार्थीमैत्री वातावरण, नियमित अभ्यास, आधुनिक अध्ययन सामग्री तथा व्यक्तिगत ध्यान दिन सक्ने शिक्षण शैलीका कारण मिराई इन्टरनेशनल कन्सल्टेन्सीले विद्यार्थी र अभिभावक दुवैको विश्वास जित्न सफल भएको छ।

स्थानीय स्तरमै गुणस्तरीय भाषा शिक्षा उपलब्ध गराएर विदेश जाने सपना बोकेका विद्यार्थीहरूको मार्ग प्रशस्त गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको मिराई इन्टरनेशनल कन्सल्टेन्सीले जनाएको छ।

कपिलवस्तु जिल्लामै बसेर अन्तर्राष्ट्रिय अवसरका लागि तयारी गर्न चाहने विद्यार्थीहरूका लागि मिराई इन्टरनेशनल कन्सल्टेन्सी आशाको केन्द्र बन्दै गएको छ।