Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
दुई छोराछोरीसहित बेपत्ता भएकी महिलाको शव भेरीमा भेटियो - oasiskhabar

२०८२ चैत्र २, सोमबार

सुर्खेत । आइतबार दुई छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापका अनुसार, मायाको शव लेकबेशी नगरपालिका–३ को पटारो स्थित भेरी नदीमा भेटिएको हो।

‘निकै खोजतलास गर्दा आमाको शव चाहिँ भेटियो, केटाकेटीको अवस्था अझै अज्ञात छ,’ बुढ्थापाले भने, ‘आमाको शव भेरी नदीमा भेटिएकाले छोराछोरी पनि भेरीमा बेपत्ता भएको अनुमान छ। खोजी कार्य भइरहेको छ।’

माया आइतबार बिहान ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायतसहति सम्पर्कविहीन भएकी थिइन्। मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए।

त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए। ‘घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पर्‍यो,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने।

त्यसपछि मायाले भेरीमै हाम फालेको हो कि भन्ने आशङ्का प्रहरीले गर्‍यो। सोही अनुसार सोमबार बिहानैदेखि ३५ जना प्रहरी तथा स्थानीय व्यक्ति मिलेर खोजतलासमा सक्रिय भए।