२०८२ चैत्र १२, बिहीबार

दैलेख। ठाँटीकाँध गाउँपालिका–३, विशालाका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूबीच आउँदै गरेकाे  नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ।

नवपरिवर्तनशील युवा समाज ठाँटीकाँध–३, विशाला दैलेखको आयोजनामा हुने उक्त कार्यक्रम यहीँ चैत १४ गते बिहान ११ बजे सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा सञ्चालन हुने छ।

ठाँटीकाँध गाउँपालिका–३ घर भइ विभिन्न उदेश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बस्नेहरुका लागि उक्त कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

बिशालाका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा स्थानीयवासी, बुद्धिजीवी, युवाहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यस्ता प्रकारका शुभकामना आदानप्रदान कार्यक्रमले समाजमा आपसी सम्बन्ध सुदृढ बनाउन तथा सांस्कृतिक एकता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।