Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
कर्णालीका अधिकांस वडाहरु सवारी साधनको पहुँचभन्दा बाहिर - oasiskhabar

२०८१ जेष्ठ ३२, शुक्रबार

 कर्णालीका अधिकांस वडाहरु सवारी साधनको पहुँचभन्दा बाहिर रहेको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावली अन्तर्गत नतिजामा कर्णालीका ७ सय १८ वटा वडामध्य ४ सय २५ वडाका केन्द्रबाट सबैभन्दा टाढाको बस्ती, टोल वा गाउँ पुग्न सवारीसाधन सुविधा नरहेको पाइएको हो ।
तथ्याङ्क अनुसार सवारीसाधन उपलब्धता नभएका हिसाबले देशभर सबैभन्दा धेरै विकटता कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ ।
कर्णालीमा वडा केन्द्रबाट सबैभन्दा टाढाको गाउँमा जान पैदल नै हिँड्नुपर्ने वडा ४ सय २५ अर्थात ५९.२ प्रतिशत रहेको देखिएको छ ।
सवारीसाधन मात्र प्रयोग गरी वडा केन्द्रबाट सबैभन्दा टाढाको गाउँ जान सकिने २.६ प्रतिशत अर्थात १९ वटा वडा मात्रै छन् भने सवारीसाधन तथा पैदल यात्रा दुवै प्रयोग गरी गाउँ पुग्न सकिने वडा संख्या ३८.२ प्रतिशत अर्थात २ सय ७४ वडा मात्रै रहेका छन् ।
यता, सूदुरपश्चिममा पैदल यात्राबाट मात्र सम्भव हुने वडा ४६.५ प्रतिशत र सवारीसाधन तथा पैदल दुवै प्रयोग हुने वडा संख्या ४९.९ प्रतिशत छ । ३.७ प्रतिशत वडा केन्द्रबाट सबैभन्दा टाढाको गाउँमा पुग्न सवारीसाधन मात्र प्रयोग हुन्छ ।
यो तथ्याङ्कले कर्णाली र सुदुरपश्चिम प्रदेशमा सडक सञ्जालहरु जोडिएपनि सवारी साधनको प्रयोग भने हुन नसकेको देखिन्छ ।