२०८३ बैशाख २५, शुक्रबार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सुकुम्बासीहरु सडक प्रदर्शनमा उत्रिएका छन्। शुक्रबार राष्ट्रिय भुमिअधिकार मञ्च सुर्खेतको आयोजनामा भुमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीहरुले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विरोध प्रदर्शन गरेका हुन्।

सरकारले वैकल्पिक व्यवस्था बिनै बस्तीहरु हटाउन लागेको उनिहरुको आरोप छ।

सयौँंको संख्यामा सडकमा निस्किएका उनिहरुले सरकारविरुद्ध विभिन्न नाराहरु लगाएका छन्।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बुधबार ७ दिने सार्वजनिक सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन आग्रह गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार नगरपालिकाको वडा नं ८ स्थित महिला छात्रावासको पूर्वतर्फको जग्गामा रहेका घरटहरा हटाउन लागेको हो।

उक्त क्षेत्रमा अतिक्रमण गरी बनाइएका तथा नगर विकास समितिबाट सम्झौता गरी निर्माण गरिएका भौतिक संरचना घरटहरा हटाउन नगरपालिकाले अनुरोध गरेको छ।