सुर्खेत। दैलेखको ठाँटीकाँध गाउँपालिकामा कृषि उपज संकलन केन्द्रको स्थापना भएको छ। बिहीबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले संकलन केन्द्रको उद्घाटन गरेका हुन्।
कृषि विकास कार्यालय दैलेख, एमसीडिएस र ठाँटीकाँध कृषि तथा पशुपालन सहकारी संस्थाको आर्थिक साझेदारीमा संकलन केन्द्रको निर्माण गरिएको सहकारीका संस्थापक अध्यक्ष दिपकबहादुर रावलले जानकारी दिए।
उनका अनुसार कृषि विकास कार्यालय दैलेखको १० लाख, एमसीडिएसको ६ लाख र सहकारीको २ लाख ५० हजार गरी जम्मा १८ लाख ५० हजार रकममा संकलन केन्द्रको निर्माण भएको हो।






