२०८३ जेष्ठ ३, आईतवार

काठमाडौं। नेपाली सेनाले र्‍याप गीत सार्वजनिक गरेको छ ।

नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो। सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो।

तीन दिन अघि सार्वजनिक भएको यो गीत आज मध्याह्नसम्म २६ हजार बढीले हेरेका छन्।

गीतका शब्द प्रताप मगरले लेखेका छन्। बासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन्।