Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
दैलेखको दुल्लुमा अटाे दुर्घटना हुँदा १ जनाकाे मृत्यु, २ घाइते - oasiskhabar

२०८३ आश्विन ५, सोमबार

दैलेख। दैलेखकाे दुल्लु नगरपालिका –०२ सेतीपानीस्थित अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

असेज ५ गते दिउँसो १२:१० बजेको समयमा दुल्लु नगरपालिका–०२ सेतीपानीस्थित भित्री सडक खण्डमा पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु प्र–०२–००१ ह १६५७ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो।

उक्त दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लु, दैलेखबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गई उद्दार कार्यमा खटिएका थिए।

दुर्घटनामा अटोमा सवार चालकसहित ३ जना सवार रहेका थिए। घाइते तीनै जनालाई प्रहरीको गाडीमा दुल्लु अस्पताल, दैलेख पुर्‍याइएको थियो।

उक्त दुर्घटनामा परी घाइते भएका दैलेख, दुल्लु नगरपालिका –०२ बस्ने ७४ वर्षीय राम कामीको अवस्था गम्भीर रहेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, दैलेख, भैरवी गाउँपालिका –०२ बस्ने २२ वर्षीय ज्ञानु सुनार (अटो चालक), र दुल्लु नगरपालिका–२ बस्ने ६५ वर्षीय गजबहादुर कामी घाइते रहेका छन्।

उनिहरूको दुल्लु अस्पताल दैलेखमा उपचार भइरहेको छ।