Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
नेपाली एकता सेवा समाज पुणे भारतको नयाँ कार्यसमिति गठन - oasiskhabar

२०८३ आश्विन ७, बुधबार

पुणे (भारत)। नेपाली एकता सेवा समाज पुणेले नयाँ कार्यसमिति गठन गरेको छ। समाजले सार्वजनिक गरेको विवरणअनुसार नयाँ कार्यसमितिमा अध्यक्षमा नमराज कठायत चयन भएका छन्।

समाजको उपाध्यक्षमा भिम विश्वकर्मा, महासचिवमा धनबहादुर सोनी, सचिवमा झंकर विश्वकर्मा, सहसचिवमा सुजन खनाल र कोषाध्यक्षमा रमिता बुढा कठायत सर्वसम्मत चयन भएका छन्।

समाजकाे कार्यसमिति सदस्यहरूमा सागर विश्वकर्मा, रविन्द्र सिजापती, धर्मराज न्यौपाने, जीवन थापा, वीरबहादुर सिजापती, विक्रम कठायत, लक्ष्मण शाही, नवीन सिजापती, मिलन विश्वकर्मा, किसन विश्वकर्मा, दिवाकर बस्नेत, भरत सिजापती, नन्दराम जोशी, पदम विश्वकर्मा, कमल सिजापती, जीवन विश्वकर्मा, नवीन टमट्टा, खेमराज न्यौपाने र सत्य शाही रहेका छन्।

समाजले ‘एकता, सहयोग, सेवा र समाजको उत्थान हाम्रो अभियान’ तथा ‘नेपालीको एकता, सहयोग र सेवामा सदैव समर्पित’ भन्ने नारासहित सामाजिक एकता, सहयोग र सेवामूलक गतिविधिलाई प्राथमिकता दिने जनाएको छ।

समाजको सार्वजनिक विवरणमा ‘आफ्नो समाज, आफ्नो जिम्मेवारी’ भन्ने सन्देशसमेत उल्लेख गरिएको छ। भारतको पुणेमा रहेका नेपालीहरूबीच आपसी सहकार्य, सामाजिक सहयोग तथा समुदायको हितमा काम गर्ने उद्देश्यले समाजका गतिविधि अघि बढाइने बताइएको छ।