Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना - oasiskhabar

२०८३ कार्तिक १२, बुधबार

जुम्ला। जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना गरिएको छ।

आयोजक कुटीरो रिसर्च सेन्टरका अनुसार कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार जुम्ला एयरपोर्टस्थित होटल कान्जिरुवामा आयोजित एकदिने सम्मेलन गरिएको हो।

सम्मेलनको पहिलो संस्करणको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले गरेका छन्। सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सम्मेलनमार्फत सीमान्त समुदायका सिर्जना, भाषा, साहित्य, संस्कृति तथा पहिचानलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

सम्मेलनमा साहित्यिक बहस, कविता वाचन, पुस्तक विमोचन, सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा सिर्जनात्मक अन्तरक्रियालगायत विविध कार्यक्रम सञ्चालन भइरहेका छन्।

कुटीरो रिसर्च सेन्टर, जुम्लाले साहित्य, कला र संस्कृतिप्रति चासो राख्ने सम्पूर्ण सरोकारवाला तथा साहित्यप्रेमीलाई होटल कान्जिरुवा, जुम्लामा सञ्चालन भइरहेको सम्मेलनमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ।