सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘प्रथम मेयर कप–२०८३’ अन्तरगत कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजनामा हुन लागेको हो।
आयोजका अनुसार यही जेठ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।
संघका कर्णाली प्रदेश अध्यक्ष प्रमोद हमालले प्रतियोगिता कर्णाली प्रदेशमा खेलकुद विकास तथा स्थानीय प्रतिभाको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको जानकारी दिए।
उनकाअनुसार प्रतियोगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लार पालिका गरी १३ वटा टिम दर्ता भएका छन्।
प्रतियोगितामा करिब १८ लाख लागत लाग्ने अनुमान गरिएको छ जसमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष हमालले बताए।
यस्तै, विजेताले ४ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउनेछन् भने प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विभिन्न ७ विधामा जनही १५ हजारका दरले ‘बेस्ट अवार्ड’, एक जनालाई म्यान अफ द म्याच पुरस्कार स्वरुप २ हजार र अनुशासन प्रवद्र्धन गर्ने फुटबल टोलीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।





