Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
हाइटीसँग ब्राजिलको ३-० गोलले जित - oasiskhabar

२०८३ असार ६, शनिबार

काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा ब्राजिलले हाइटीलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

ब्राजिलका म्याथेस कुन्हा एक्लैले २ गोल गरेको खेलमा हाइटीको प्रदर्शन फितलो रह्यो।

म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए। दोस्रो गोल पनि म्याथेस कुन्हाले नै ३६ मिनेटमा गरे।

ब्राजिलका लागि तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गरे।

दोस्रो आफमा भने ब्राजिलले कुनै गोल गर्न सकेन। यो जितसँगै ब्राजिलले ४ अंकसहित समूह सीको शीर्ष स्थानमा उक्लिएको छ।

पाँच पल्टको विश्व च्याम्पियन ब्राजिल यसअघिको पहिलो खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

योसँगै ब्राजिलले अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।