२०८२ कार्तिक १७, सोमबार

एजेन्सी । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तस्थित मजार ए शरिफ शहरमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकन जिओलोजिकल सर्भेका अनुसार यो क्षेत्रमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो।

गत अगस्टमा अफगानिस्तानमा ६ म्याग्नीच्युडको भूकम्प जाँदा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यसको तुलनामा गएराति शक्तिशाली भूकम्प गएको र अहिलेसम्म भग्नावशेषबाट ७ जनाको शव निकालिएको अधिकारीहरुले जनाएका छन्।

१५० भन्दा बढी घाइतेको उद्धार गरिएको छ। ५ लाखभन्दा बढी मानिसको बसोबास रहेको यो शहरमा ठूलो संख्यामा कच्ची संरचना छन्। यसका कारण ठूलो मानवीय हताहती भएको हुन सक्ने आशंका स्थानीय अधिकारीको छ । भूकम्पका कारण शहरको चर्चित मस्जिद भत्किएको छ। तालिबान सहरले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारको काम शुरु भइसकेको दाबी गरेको छ।