एजेन्सी । गत हप्ता अमेरिकी अध्यागमन छापामा हिरासतमा परेपछि शुक्रवार कुल ३१६ दक्षिण कोरियाली कामदारहरू घर फर्किएका छन्।
कामदारहरू र १४ विदेशीहरू बोकेको चार्टर्ड विमान राजधानी सियोलको पश्चिममा रहेको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको हो। विमानले एटलान्टाको हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १५ घण्टा अघि उडान भरेको थियो।
अमेरिकी समयअनुसार सेप्टेम्बर ४ मा हुन्डाई मोटर समूह र एलजी इनर्जी सोलुसन बीचको संयुक्त उद्यमद्वारा सञ्चालित विद्युतीय सवारी साधन ब्याट्री प्लान्टको निर्माण स्थलमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले छापा मारेको लगभग एक हप्ता पछि उनीहरूको आगमन भएको थियो।
पक्राउ परेका ४७५ व्यक्तिहरू थिए। जसमा जर्जियाको फोकस्टन हिरासत केन्द्रमा राखिएका ३०० भन्दा बढी दक्षिण कोरियालीहरू पनि समावेश थिए। दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले बिहीवार आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकामा लगानीको बारेमा आफ्नो चिन्ता व्यक्त गरे।

