२०८२ आश्विन २२, बुधबार

पोखरा । पोखराको सहिदचोकमा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा आगजनी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–७, राष्ट्र बैँक चोक बस्दैआएका २२ वर्षीय सञ्जोक थापालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

भदौ २४ गते आगजनी हुँदा बाँकी रहेका कागजपत्र जलाउन थापाले असोज १२ गते राति फेरि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बस्नेतले जानकारी दिए। अनुसन्धानका क्रममा थापाले पोखरा–७ स्थित नेपाल राष्ट्र बैँकको कम्पाउन्ड बाहिर रहेको एनआइएमबी बैँकको एटिएम मेसिनसमेत तोडफोड गरेको खुलेको छ।