काठमाडौँ । आइतबार जापानको इवाते प्रान्तको तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समय दिउँसो १:३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको छ।
यसपछि इवातेको ओफुनाटो सहरको तटीय क्षेत्रबाट ६ हजार १३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।




