२०८२ कार्तिक २७, बिहीबार

काठमाडौँ । पेरुमा बस २०० मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

६० जना सवार बस बुधबार बिहान पेरुलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोकिँदै ओकोना नदीतिर खसेको हो।

दुवैका गाडीका चालक भने बाँच्न सफल भएका छन्।

ओकोना जिल्लाका मेयर वाल्डोर लेरेनाले रेडियो स्टेसन आरपीपीलाई बताएअनुसार दुर्घटनास्थल वरपरको भूभाग “धेरै उबडखाबड” छ र यस क्षेत्रमा पहिले पनि धेरै दुर्घटना भएका छन्।

पेरुमा बस दुर्घटना सामान्य मानिन्छ। विशेष गरी राति र पहाडी सडकमा।

खराब सडक, तीव्र गति र सुरक्षा संकेतको अभाव प्रायः दुर्घटनाका कारण हुन्।