झापा। मतदाता तथा कार्यकर्तासँगको संवादका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका पुगेका छन्।
चुनाव परिचालन समिति गौरीगञ्जका संयोजक गौरीगञ्ज सर्वतलाल राजवंशीका अनुसार ओलीले गौरीगञ्ज क्याम्पसमा सर्वसाधारण तथा कार्यकर्ताहरुसँग संवाद गरिरहेका छन्।
आज दिनभर गौरीगञ्जका विभिन्न टोल पुग्ने कार्यक्रम अन्तर्गत सबै भन्दा बढी समय ओलीले खर्चिने छन्।
पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तिमा पुगि मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ।

त्यस क्रममा उहाँले हुलाकी राजमार्ग तथा नयाँ शहरको रुपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन गर्ने तालिका छ।
शुक्रबारदेखि ओली आफु उम्मेद्वार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुुन भएको छ।




