२०८२ आश्विन २३, बिहीबार

सुर्खेत । माइक्रो बस (एसएमएल) गाडीमा यात्रा गरिरहेका जुम्लाका एक किशोर गाडीभीत्रै मृत फेला गरेका छन्। बुधबार साँझ साढे ८ बजेको समयमा हिमा गाउँपालिका–१ आर्चाय गाउँका २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २२ वर्षीय ती किशोर मुगुबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ख ११८०० एसएलएम गाडीको कोलियामा बसेर यात्रा गरीरहेका बेला उनको निधन भएको हो।

जुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिनबाबू रेग्मीले उक्त गाडीमा यात्रा गरिरहेका गणेश घरमा आफ्नो झर्ने क्रममा मृत फेला परेको बताए। उनले भने, ‘गाडी मुगुबाट सुर्खेत जाँदै रहेछ। गाडी सानो भएकाले धेरै जनाले यात्रा गरिरनुभएको भन्ने बुझिएको छ। मृतकले मादक पदार्थ सेवन गरेका रहेछन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ।

डिएसपी रेग्मीले घटना बारे थप स्पष्ट हुन मृतकको मेडिकल रिर्पोट कुरिरहेको बताए।