२०८२ आश्विन १२, आईतवार

सुर्खेत । रुकुमपश्चिमबाट दाङका लागि छुटेको फोर्स गाडी सल्यानमा दुर्घटना, तीन जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब ४ बजेको समयमा सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोलामा राप्ती राजमार्गमा फोर्स गाडी दुर्घटनामा परेको हो।

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङ घोराहीका लागि छुटेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी उक्त दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै, अन्य दुइ जना घाइते भएका छन्।

मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका छन्। मृतकमध्ये एक जना बाँफिकोट गाउँपालिका– ५ का प्रकाश केसी रहेको प्रहरीले जनाएको छ। अन्यको परिचय खुलेको छैन्।

सडकबाट करिब तीन–चार सय मिटर तल खसेको फोर्समा पाँच जना सवार रहेको खुलेको छ।

घाइतेमध्ये एक जना महिला र अर्का एक जना पुरुष रहेका छन्। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।