सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ यरीचोकमा रहको सस्तो मोबाइल पसलले ‘चाडपर्व विशेष कुपन उपहार’मा सुनको औंठी उपहार दिने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै सस्तो मोबाइलले यस वर्षको तिहार, दसैँ र तिहारमा वितरण गरेको कुपनहरुबाट भाग्यशाली ग्राहकलाई उपहार दिन लागेको हो।
मंसिर १५ गते सोमबार बिहान ११ बजे चाडपर्वको समयमा पसलबाट सामान खरिद गरेका ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वितरण गरिएको कुपन उपहार सार्वजनिक गरिने पसललका प्रोप्राइटर सन्दीप मल्लले जानकारी दिए।
मल्लका अनुसार मोबाइल पसलले यस कुपन उपहार योजना अन्तर्गत २ जना भाग्यशाली ग्राहकलाई सुनको औंठी, ५ जनालाई स्मार्ट फोन, १०० जनालाई एयरबड्स, ५ जनालाई पावर बैंक र ५०÷५० जनालाई हातेघडी, नेकबेण्ड र स्पिकर जस्ता आकर्षण उपहारहरु प्रदान गरिने छ।
प्रोपाइटर मल्लले उपहार वितरण प्रक्रिया पूर्णतः पारदर्शी, रेकर्ड–आधारित तथा मिडिया साक्षीको उपस्थितिमा सञ्चालन गरिने दाबी गरे।
यस्तै, ग्राहकप्रति सम्मान प्रकट गर्ने उद्देश्यले यस वर्ष विशेष चाडपर्व विशेष कुपन सार्वजनिक कार्यक्रम सस्तो मोबाइलले ल्याएको जनाएको छ।




