काठमाडौं। रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबा६ जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ।
लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


