सुर्खेत । गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरिकाको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम हुने भएको छ। आगामी कात्तिक २ गते अक्टोबर १९ मा आयोजना हुने भएको हो।
अध्यक्ष विजय बुढाले विजया दशमी, शुभदीपावली, छठ पर्व २०८२ सालको अवसरमा शुभकामना अदान–प्रदान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए।
उनले सबैलाई सहभागीताका लागि आग्रह पनि गरे।
अध्यक्ष बुढाले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा गैरआवासीय नेपालीहरूको योगदान महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रममले आफ्नो राष्ट्र र समुदायप्रति थप समर्पण, सहयोग र एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।
यस्तै, उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा २०२५–२०२७ कार्यकालका निर्वाचितलाई सपथ तथा पूराना कार्यकालका सदस्यलाई बिदाई समेत गरिनेछ।

