सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा भूगोल कर्णाली प्रदेश कलस्टर खुलाबाट मुगुका जीतबहादुर मल्ल उम्मेदवार बनेका छन्। अध्यक्ष केपी शर्मा ओलीको समूहबाट मल्ल एमालेको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हुन्।
उनिसँगै ओली समूहबाट खुलातर्फ ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुलातर्फ उम्मेदवारी दर्ता गराएका मध्ये मल्ल पहिलो पट्क पार्टीको केन्द्रीय सदस्यमा चुनाव लड्दै छन्।
नेकपा एमाले मुगु जिल्ला कमिटिको पूर्वअध्यक्ष मल्ल हाल कर्णाली प्रदेशसभा सदस्य समेत हरेका उनि ओलीका विश्वास पात्र समेत रहेकाले केन्द्रीय कमिटिको उम्मेदवार बनाइएको छ। पहिलो पटक चुनाव लड्न लागेका मल्लको उम्मेदवारीलाई कर्णालीमा चासोको रुपमा हेरिएको छ।
उम्मेदवार बनेसँगै मल्ल प्रतिनिधिहरुसँग मत मागिरहेका छन्।

को हुन् मल्ल?
मल्लको जन्म २०२६ कात्तिक २१ ग्ते मुगुको छायानाथ रारा नगरपालिका–१ छत्यालबाडा साविकको श्रीनगर गाविस वडा नम्बर–१ मा भएको हो। उनी बुवा जल मल्ल र आमा मैनासरा मल्लका सन्तान हुन्। घरको कान्छो छोरा मल्लको राधिका भाम (मल्ल) सँग विवाह गरेका छन्।
मल्लका दुई छोरा र एक छोरी छन्। मल्लको बाल्यकाल गाउँमै बित्यो। मल्लले स्नातकसम्म अध्ययन गरेका छन्। उनले कक्षा १ देखि ३ सम्म मीन माध्यामिक विद्यालय भारेकोटमा पढे। त्यसपछि कक्षा ४ देखि १० सम्म महाकाली उच्च माध्यमिक विद्यालय श्रीनगरमा अध्ययन गरे।
महाकाली उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरेपछि मल्लले प्लस टु पनि त्यही विद्यालयबाट गरे।
मन्त्री मल्लको राजनीतिक यात्रा पनि उच्च शिक्षा अध्ययनदेखि सुरू भएको हो। पहिलो पटक मल्ल २०४४/०४५ मा माध्यमिक शिक्षा अध्ययनका क्रममा विद्यार्थी संगठनमा आवद्ध भएका थिए। त्यसपछि २०४६ सालको जनआन्दोलनमा जिल्लाकास्तरमा भूमिका खेलेका थिए।
मल्लले २०४७ सालमा तत्कालीन नेकपा माले (हाल नेकपा एमाले) को नेपाल राष्ट्रिय शिक्षक संगठन मुगु जिल्ला कमिटी सदस्य, २०५६ मा जिल्ला कमिटी सचिव, २०५९ मा जिल्ला अध्यक्ष भए।
मल्ल नेकपा एमाले मुगुको संस्थापक सदस्य हुँदै सल्लाहकार, पदाधिकारी, २०७० देखि २०७८ सम्म पार्टीको सचिव र २०७८ माघबाट मुगु अध्यक्षको जिम्मेवारी समालेका थिए।
यस्तै, २०८० असोजमा भएमा नेकपा एमाले कर्णाली प्रदेश कमिटिको पहिलो अधिवेशनबाट लेखा आयोगको अध्यक्षमा निर्वाचित भएर हालसम्म जिम्मेवारीमा छन्।
मल्ल २०७४ सालको स्थानीय तहको निर्वाचनमा छायानाथ रारा नगरपालिकाको नगरप्रमुखमा लडेका थिए। तर, उनी ११९ मतले पराजित भए।
यस्तै, मल्लले राजनीतिक सँग–सँगै २०४६ साल भदौ १३ बाट मीन माध्यमिक विद्यालय भारेकोटकाट अध्यपन थालेका थिए। त्यसपछि मल्लले २०५६ देखि २०५६ सम्म त्यही विद्यालयको प्राधानाध्यापक हुँदै २०७० सम्म शिक्षण पेशामा लागे।
२०६४ सालदेखि शिक्षण पेशामा लागेका उनले रारा बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष हुँदै आङ्गिक क्याम्पस बनाउन भूमिका खेलेका थिए।
मन्त्री मल्लले शिक्षा क्षेत्रमा योगदान गरेपछि शिक्षा विभाग, मध्यपश्चिम विश्वविद्यालय र जिल्ला शिक्षा समिति मुगुबाट पुरस्कृत भइसकेका छन्।
मल्ल गत मंसिर ४ गते भएको आम निर्वाचनमा मुगु प्रदेश सभा(१)बाट निर्वाचित भएका थिए। तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमलाई हराउँदै उनी प्रदेशसभा सदस्यमा विजयी भएका थिए।
यस्तै, उनि २०७९ माघमा कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका थिए।




