२०८३ भाद्र २५, बिहीबार

काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।

मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादव उद्योगीहरूसँग आक्रोशित बनेकी थिइन्। उनले उद्योगी र कर्मचारीहरूसँग आफू वाक्क भएको बताएकी थिइन्।

बुधबार संसदीय समितिको बैठकमा उनले भनेकी थिइन्, ‘५८ वटा ग्यास उद्योग किन चाहियो? करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ। उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’