२०८२ पुष ६, आईतवार

काठमाडौँ । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामअशिष यादव निर्वाचित भएका छन्। यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन्।

उनको पक्षमा प्रदेश सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरूमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो। नेपाली कांग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उनको पक्षमा मतदान गरेका थिए।

त्यस्तै नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले विपक्षमा मतदान गरेको थियो। प्रदेशसभा सदस्य रामअशिष यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा प्रदेश सभामा उपस्थित प्रदेशसभा सदस्य संख्याको बहुमत रहेकाले अर्का सभामुख पदका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुपरेको थिएन।