वीरेन्द्रनगर। कर्णाली प्रदेशमा मंगलबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेकपा प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त भएका थिए।
४० सदस्यीय कर्णाली सभामा एमालेका सभामुखसहित १० जना र नेकपाका १४ गरी २४ सांसदको शाहीलाई समर्थन छ।
शाहीले यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
केन्द्रमा नेकपा र एमालेबीचको ३ बुँदे सहमतिसँगै ७ प्रदेशमध्ये कर्णालीबाट सत्ता फेरबदर सुरू भएको छ।




