कैलाली । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सिफारिस भएका छन्।
अनेरस्ववियुको सचिव हुँदै महासचिवमा निर्वाचित भएका धामी सङ्कटमा सङ्गठन जोगाएको भन्दै अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन्।
एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा धामीसहित ८ जनाको नामा सिफारिस भएको छ।
यही क्षेत्रमा एमाले उपमहासचिव लेखराज भट्ट, प्रदेश सभा सदस्य चक्र मल्ल, दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट , गोविन्द पार्की, दिनेश घर्ती मगर पनि सिफारिस भएका छन्।

