सुर्खेत । माघ २५ गते आइतबार बिहान ८ बजे बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ।
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माण आयोजनामा विनियोजित साठी लाख रकम कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय, राकम कर्णाली, दैलेखलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनको विद्येक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने र कर्णाली प्रदेश वन ९दोस्रो संशोधन० नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।