सुर्खेत । कृषि विकास बैंकले आठौँ तहको शाखा प्रमुखदेखि चौथो तहको लेखा सहायकसम्मका पदको लागि २४२ जना कर्मचारी माग गरेको छ।
बैंकले आज सूचना जारी गर्दै स्थायी स्विकृत तरबन्दीका रिक्त पदका लागि खुला प्रतियोगिताद्वा पदपूर्ति गर्न लागिएको जनाएको छ।
आठौँ तहको शाखा प्रमुख १ जना, प्रशासन तर्फ छैटौँ तहको व्यवसाय अधिकृत ५२ जना, सीए १० जना, कोसी प्रदेशका लागि लेखापाल २५ जना, मधेसका लागि लेखापाल ४४ जना, बागमतीका लागि लेखापाल ३० जना, गण्डकीका लागि लेखापाल २० जना, लुम्बिनीका लागि लेखापाल ३५ जना, कर्णालीका लागि लेखापाल १५ जना, सुदूरपश्चिमका लागि लेखापाल १० जनाको लागि बैंकले दरखास्त आह्वान गरेको हो।
यी पदमा समावेशी प्रणालीका आधारमा कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि नै अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।
हेर्नुहोस् सूचना

