२०८२ चैत्र २८, शनिबार

सुर्खेत। मुक्तिनाथ विकास बैंक लिमिटेडको वीरेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न सामग्री वितरण गरेको छ।

बैंकले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत सुर्खेतस्थित बादी सरोकार मञ्च नेपालमा अध्ययनरत ११० जना विद्यार्थीका लागि करिब १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको हो।

उक्त सहयोगले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ। बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता जस्ता क्षेत्रमा समेत निरन्तर योगदान गर्दै आएको जनाएको छ।

आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको शाखा प्रबन्धक दीपककुमार पाण्डेले जानकारी दिए।