सामाजिक संजाल:

२०८३ बैशाख ११, शुक्रबार

मुगु। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगु जिल्लाको संयोजकमा बिर्खबहादुर मल्ल चयन भएका छन्। कर्णाली प्रदेश महामन्त्री ललित चन्दको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमबाट मल्ललाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो।

यस्तै, अन्य ३२ जनालाई सदस्यका रूपमा मनोनयन गरिएको छ।

समितिमा छायानाथ रारा नगरपालिका तथा खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

समितिको सदस्यहरुमा राजेन्द्रबहादुर शाही, मनोज शाही, प्रेम शाही, विवेक शाही, शैलेन्द्र शाही, दीपक बोहोरा, राम विश्वकर्मा, हेमराज बुढा, मारवन लावड, रामसिंह विक, मन्जु लावड, रामकला लावड, पुष्पराज तिवारी, देउरा बुढा, उज्जेन तामाङ, मनप्रसाद बडाल, विरबहादुर बम्टा, यज्ञराज लामा, राजु शाही, दिपेन्द्र लावड, नेनराज भट्ट, खड्गराज शर्मा, राजेन्द्र लावड, पेरो बहादुर लावड, समराज हमाल, नन्दबहादुर मल्ल, विजयप्रताप मल्ल, सोमराज बाम, रोजेन्द्र शाही, भुवन मल्ल, लालजंग रोकाया र डा. उदय विक्रम मल्ल सदस्यका रूपमा रहेका छन्।

पार्टीले जिल्लामा संगठन विस्तार, नीति कार्यान्वयन तथा जनतासँग प्रत्यक्ष समन्वयलाई प्रभावकारी बनाउन समितिलाई सक्रिय बनाउने लक्ष्य लिएको जनाएको छ।