सुर्खेत।आइतबार दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्म सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ तल्लो कटकुवा क्षेत्रमा ट्राफिक प्रहरीले सरप्राइज चेकिङ सञ्चालन गरेको छ।
चेकिङका क्रममा लापरबाही (लापसे) गरी सवारीसाधन चलाउने १ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने २ जना गरी जम्मा ३ जनामाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यसका अतिरिक्त अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १२ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षालाई ध्यानमा राख्दै यस्ता चेकिङ अभियानलाई निरन्तरता दिने जनाएको छ।

