वीरेन्द्रनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट कर्णाली प्रदेशबाट ५ जना महिला नेतृ केन्द्रीय सदस्य निर्वाचन भएका छन्।
प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक हुँदा दुइ महिला र ३ खुल्ला गरी जम्मा ५ वटै कोटामा महिला उम्मेदवारहरु मात्रै निर्वाचित भएका हुन्।
कर्णाली प्रदेशमा सीता वादीले सर्वाधिक १ हजार ७५१ मत प्राप्त गरेकी छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री समेत रहेकी उनले कर्णाली प्रदेश भूगोलबाट पार्टीको केद्रीय सदस्यमा निर्वाचन उठेकी थिइन्।
यस्तै, भूगोलतर्फ जुम्लाकी बिनिता कठायतले १ हजार ५००, हुम्लाकी टासी ल्हजोमले १ हजार १३५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्।
कर्णली प्रदेशबाट महिला भूगोलतर्फ दैलेखकी मेनुका शाहीले ७९८ र सुर्खेतकी गोमा थापाले ६१६ मत ल्याउ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
५ सिटका लागि ३२ जना उम्मेदवारहरु मैदानमा उत्रिएका थिए। जसमा प्रकाश न्यौपानेले ६१२, अनिल बनियाँले ६०३, संगीताकुमारी थापाले ५७२, गणेश पाण्डेले ५७१, महेशप्रसाद पाण्डेले ५१४, प्रेमबहादुर बोहराले ४७१, प्रकाशबहादुर बोहराले ४५१, तेजकुमार बिकले ४१४, मानबहादुर शाहीले ३९१, नरेश त्रिमलसिंहले ३५१, सुदीप पुरीले ३५०, टंकप्रसाद जैसीले ३१९, हिमा केसी बन्जराले ३१४, पवनराज देवकोटाले ३१०, मिनराज आचार्यले ३०२, सुनिल हमालले २८२, प्रेमबहादुर भण्डारीले २६७, नेत्रकुमार केसीले २६२, शेरबहादुर राउतले २५३, नरेश तिम्सिना २५१, गोपाल प्याकुरेलले २३३, कमलबहादुर खड्काले २२६, राघव कार्कीले २२४, टेकबहादुर सिंह ठकुरीले २२०, अविनाश थानीले २१५, उदयकुमार मल्लले २०४ र धिरजबहादुर ओलीले १६४ मत प्राप्त गरेका छन्।
साथै केन्द्रीय सदस्यमा खुलातर्फ दैलेखका खगेन्द्र सुनार निर्वाचित भएका छन् उनले १ हजार ७०८ मत प्राप्त गरेका छन्।

