२०८३ श्रावण ३०, शनिबार

सुर्खेत। पारिवारिक निजी वन संघ, नेपाल कर्णाली प्रदेश अध्यक्षमा बिन्दुलाल रेग्मी चयन भएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न निजी वन संघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट रेग्मीको अध्यक्षतामा १५ सदस्यसीय कार्यसमिति चयन गरिएको हो।

संघको उपाध्यक्षमा हरिबहादुर सिंह, सचिवमा नवीनकुमार शाही, कोषध्यक्षमा ताराकुमारी बोगटी र उप–सचिवमा लक्ष्मी बोहरा सर्वसम्मत चयन भएका छन्।

यस्तै, सदस्यहरुमा मनिषाकुमारी मल्ल, धनराज खड्का, टीका डाँगी, जीवराज रेग्मी, विष्णुदेवी रावल, प्रदीप बोहरा, बिरेन्द्र पछाई, रत्नकला गिरी, शान्तीदेवी मल्ल र हिरा बुढा चयन भएका छन्।

अधिवेशनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वन संघ, नेपाल देशभर सञ्जाल भएको किसानहरुको साझा संगठन भएको बताए। उनले २०७१ फागुन २४ गते स्थापना भएको यस संघले हाल सातै प्रदेशका ७२ बढी जिल्लाहरुमा आफ्नो सांगठानिक संरचनाहरुलाई विस्तार गरेको बताए।

यस संघले पारिवारका स्वामित्वमा रहेका आवादी, जमीन, भित्र उत्पादन भएका रुख तथा वन्यपैदावरहरुमाथि किसानहरुको अधिकारको लागि किसानहरु मैत्री नीति निर्माणमा सक्रिय योगदान गर्दै आएको बताए। साथै उनले ३० हजार बढी परिवारका निजी वनका किसानहरु यस संघमा आवद्ध भएर क्रियाशील भएको दाबी गरे।