२०८३ भाद्र १, सोमबार

वीरेन्द्रनगर। नेपाली नारीहरूको भावना, माइतीको सम्झना र चेलीको मनको कथा समेटिएको तीज गीत ‘झलिको माइती देशैको’ आज सार्वजनिक हुँदैछ।

बाजेनाती ग्रुपको तीजको पहिलो कोसेलीका रूपमा तयार पारिएको उक्त गीतको भिडियोको छायांकन तथा सम्पादनको सम्पूर्ण काम पूरा भइसकेको छ। भिडियो आज दिउँसो ३:४५ बजे बाजेनाती युट्युब च्यानलमार्फत सार्वजनिक गरिने भएको छ।

गीतमा जमुना विश्वकर्माको स्वर रहेको छ भने भिडियोको छायांकन तथा सम्पादन निर्मल प्याकुरेलले गरेका छन्। विजया पुरीकाे अभिनय रहेकाे भिडियोको निर्देशन यामुमगर १२१५ ले गरेका हुन्।

नेपाली चेलीहरूको माइतीप्रतिको माया, तीजको भावनात्मक पक्ष र मौलिक संस्कृतिलाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

बाजेनाती ग्रुपले आफ्नो पहिलो तीज कोसेलीलाई माया, साथ र हौसला प्रदान गरिदिन सम्पूर्ण दर्शक तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ।

आज दिउँसो ३:४५ बजे गीत सार्वजनिक भएसँगै दर्शकहरूले बाजेनाती युट्युब च्यानलमार्फत भिडियो हेर्न सकिने निर्माण पक्षले जनाएकाे छ।