वीरेन्द्रनगर। ‘सुर्खेत तीज डान्स आइकन-२०२६’ को उपाधी श्री रेग्मीले जितेकी छन्। कर्णाली प्रदेशकाे राजधानी शनिबार सम्पन्न महा-संग्राम (ग्राण्ड फिनाले) तथा सम्मान कार्यक्रमबाट आइकन विजेताकाे नाम घोषणा गरिएको हाे।
जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टर सुर्खेतले हरितालिका तीजको अवसर पारेर ‘सुर्खेत तीज डान्स आइकन-२०२६’ काे आयोजना गरेकाे थियाे।
गत साउन अन्तिम साताबाट सुरु भएकाे आइकनकाे विभिन्न चरणहरु पार गर्दै शनिबार फाइनल आइकन घोषणा गरिएकाे हाे।
आइकनमा ३ सय बढी प्रतिस्पर्धी सहभागी भएका थिए। ती प्रतिस्पर्धीबाट पहिलो र दोस्रो चरणका रोमाञ्चक प्रतिस्पर्धा पार गर्दै अन्तिम चरणमा पुगेका प्रतिभावान प्रतिभाहरूबीच आइकन र अन्य उत्कृष्ट प्रतिस्पर्धी घोषणा गरिएको आयोजक संस्थाका निर्देशक जेनित विष्टले जानकारी दिए।

उनकाअनुसार प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेकी आइकन बनेकी रेग्मीले ३० हजार नगद र सम्मानपत्र प्राप्त गरेकी छन्।
यस्तै, सारा चालिसेले द्वितीय स्थान हासिल गरी नगद २० हजार र नयान्सी लम्सालले तृतीय स्थान हासिल गरी १० हजार नदगसहित सम्मानपत्र प्राप्त गरेकी छन्।

